Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

प्रतिनिधिसभाको सभामुखमा झापाकै घिमिरे लगभग पक्का , कांग्रेसबाट पनि उम्मेदवारी दिइने


संघीय संसद् सचिवालयले बिहीबार नयाँ सभामुखका लागि निर्वाचन गर्ने भएको छ । त्यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । सत्तागठबन्धनमा सभामुख एमालेले पाउने सहमति भइसकेको छ ।

त्यसैले एमालेबाट को सभामुखको उम्मेदवार होला भन्ने चासो बढेको छ ।  एमालेबाट सभामुखका लागि अहिलेसम्म तीनजना मुख्य दाबेदार देखिएका छन् । जसमा झापाका देवराज घिमिरे, रुपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वी सुब्बा गुरुङ छन् । गुरुङ पार्टी उपमहासचिवसमेत हुन् । विश्वकर्मा सचिव हुन् । तर, एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभाको सभामुखमा घिमिरेलाई उम्मेदवार बनाउने भएको स्रोतले बतायो । झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका घिमिरेलाई ओलीको विश्वासपात्र मानिन्छ। एमाले प्रदेश–१ इञ्चार्जसमेत रहेका घिमिरे पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०५६ सालमै राष्ट्रियसभा सदस्य बनेका थिए। एमालेमा सुरुदेखि नै गुरुङलाई सभामुख बनाउन दबाब पर्दै गए पनि पछिल्लो समय उनी दौडमा पछि परेका छन् ।

नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने बताए पनि कसलाई उठाउने भन्ने निर्णय गरेको छैन । सत्ता गठबन्धनमा निर्वाचित गर्नसक्ने मत भएकाले पनि कांग्रेसले आफ्नो उम्मेदवारको नाम बुधबार मात्र तय गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार