Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

स्वास्थ्य राज्यमन्त्री बन्ने भइन् डा. तोषिमा कार्की, उपसभामुखमा सोविताको बलियो सम्भावना (भिडियोसहित)


तीन मन्त्रीसहित एक राज्यमन्त्री पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको छ ।

नेकपा (एमाले)का सांसद पदम गिरीले नेतृत्व गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. तोसिमा स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी हुन् ।

ललितपुर–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी ३३ वर्षीया कार्कीले आजै राज्यमन्त्रीको सपथ लिन लागेकी छन् ।

मेडिकल काउन्सिलकी सदस्य रहिसकेकी कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेकी थिइन् ।

रास्वपाले उपसभामुख पनि पाउने सहमति छ । त्यसमा सोविता गौतमको बलियो सम्भावना छ । यदि एमालेले पुरुष नेतालाई सभामुख बनाएको खण्डमा सोविता उपसभामुख बन्न सक्नेछिन् । तर, एमालेले सभामुख महिला बनाएमा रास्वपाले पुरुष नेतालाई उपसभामुख बनाउनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार