Logo
२४ श्रावण २०८३, आईतवार
|  Mon Aug 10 2026

स्वास्थ्य राज्यमन्त्री बन्ने भइन् डा. तोषिमा कार्की, उपसभामुखमा सोविताको बलियो सम्भावना (भिडियोसहित)


तीन मन्त्रीसहित एक राज्यमन्त्री पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको छ ।

नेकपा (एमाले)का सांसद पदम गिरीले नेतृत्व गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. तोसिमा स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी हुन् ।

ललितपुर–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी ३३ वर्षीया कार्कीले आजै राज्यमन्त्रीको सपथ लिन लागेकी छन् ।

मेडिकल काउन्सिलकी सदस्य रहिसकेकी कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेकी थिइन् ।

रास्वपाले उपसभामुख पनि पाउने सहमति छ । त्यसमा सोविता गौतमको बलियो सम्भावना छ । यदि एमालेले पुरुष नेतालाई सभामुख बनाएको खण्डमा सोविता उपसभामुख बन्न सक्नेछिन् । तर, एमालेले सभामुख महिला बनाएमा रास्वपाले पुरुष नेतालाई उपसभामुख बनाउनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार