Logo
२५ श्रावण २०८३, सोमबार
|  Tue Aug 11 2026

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस संसदीय दललाई निर्देशन


कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए । बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागिको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिँदै गुण र दोषको आधारमा शसक्त प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

एक सय १० सदस्य रहेको बागमती प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ । सत्ता साझेदार दलसँग बहुमत रहेको छ।  बैठकले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतामा निर्वाचित बहादुरसिं लामालाई बधाई दिने निर्णय गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार