Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

ऊर्जामन्त्री लिङ्देनको पहिलो निर्णय : ५ वर्षे रणनीतिक योजना बनाएर काम गर्ने


नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङदेनले पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने बताएका छन् ।

मंगलबार पदभार ग्रहण गर्दै मन्त्री लिङदेनले मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने पहिलो निर्णय भएको बताए । जसका लागि तीन सदस्यीय कार्य दल बनाउने उनको भनाई छ । मन्त्रालयकै सहसचिवको नेतृत्वमा गठन हुने कार्य दलले मन्त्रालयको आवश्यक्ता र प्राथमिकताहरु निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउने उनले बताए ।

आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहेपनि त्यसलाई अवसरमा बदल्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार