Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

कर्णालीको उपसभामुखका लागि उम्मेदवारी दर्ता


कर्णाली प्रदेश सभा  उपसभामुखको पदका  लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनले आ-आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा सचिवालयमा कांग्रेसबाट इन्द्राकुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । सत्तारुढ दलबाट माओवादी केन्द्रका यशोदा न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् । उपसभामुखको निर्वाचन बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ।

गठबन्धनको भागबन्डामा उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार