Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

अबको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे–के भयो एमाले निर्णयमा ?


एमालेले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार एमालेको बैठकले झापा २ बाट विजयी घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा सभामुख एमालेको भागमा परेको छ । घिमिरे एमाले प्रदेश १ का इन्चार्जसमेत हुन् ।  यसअघि एमालेमा सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईको नाम चर्चामा थियो । तर एमाले अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय लिएका हुन् ।

संसद् सचिवालयले बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार