Logo
२४ श्रावण २०८३, आईतवार
|  Mon Aug 10 2026

ज्ञानेन्द्र शाही राप्रपा प्रमुख सचेतक नियुक्त


राप्रपा सांसद ज्ञानेन्द्र शाही पार्टीको प्रमुख सचेतक नियुक्त भएका छन् ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शाही मन्त्रीका आकांक्षी थिए । जुम्लाबाट जितेर आएका शाहीले आफू मन्त्री बन्ने भन्दै भोट मागेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीबाट शून्य प्रतिनिधित्व छ । आफूलाई पार्टीले उचित भूमिका नदिएको भन्दै शाही असन्तुष्ट बनेका थिए । राप्रपाका निर्वाचित सातमध्ये चारजना मन्त्री बनिसकेका छन् ।

सोही कारण अध्यक्ष लिङ्देनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार