Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन


नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ ।

उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो ।कर्तब्यज्यान मुद्दामा तारेख गुजारी फरार महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । उनी महोत्तरी-१ बाट निर्वाचित सांसद हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार