Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

संसद भवनमा सर्वदलीय बैठक सुरु


प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक सुरु भएको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा साढे ११ बजेदेखि सर्वदलीय बैठक सुरु भएको हो । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही सहभागी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक,अजय चौरासीया र जीवन परियार, नेकपा९एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला, जनता समाजवादी जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललगायत उपस्थित हुनुहुन्छ ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार