जनमत पार्टीबाट खानेपानी मन्त्रीको जिम्मेवारी पाएका अम्बदुल खानले भोलिसम्म मन्त्रालयको विवाद टुंगो नलगाए सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने चेतावनी दिएका छन् ।
संसद भवनमा पत्रकारसँग कुरा गर्दै खानले आफूले खानेपानी मन्त्रालयको जिम्मेवारी स्वीकार नगरेको बताए । उनले विकल्पमा छलफल भइरहेको भन्दै आइतवारसम्मको आश्वासन पाएकाले त्यसपछिमात्र के गर्ने भन्ने टुंगो लाग्ने उनको भनाई छ ।