Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

मेरो प्रधानमन्त्री लगाएत हामी संसदमा नउठ्दैमा मधेशका शहिदको अपमान ग¥यो भन्न पाइँदैन – राजेन्द्र लिङ्देन


उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ५ माघमा सांसद सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेश आन्दोलनका शहीदको सम्मान नगरेको भन्न नमिल्ने बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने बताए । उक्त दिन संसदमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनका शहीदको सम्झनामा सबैलाई उठेर मौन धारण गर्न आग्रह गरेका थिए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका कतिपय उठेका थिएनन् ।

तर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र कतिपय सांसद उठेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार