Logo
२५ श्रावण २०८३, सोमबार
|  Tue Aug 11 2026

अबको राजनीतिक लडाईं राष्ट्रपतिको हो : चित्रबहादुर केसी


 जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिका लागि राजनीतिक लडाईं सुरु भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष केसीले दलहरुबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसकेको बताएका हुन् ।यसका लागि दलहरुलाई कन्र्फटेबल सभामुखको भूमिका चाहिने भएकाले सभामुखलाई पनि गाह्रो हुने स्थिति देखिएको भन्दै उनले दलहरुले पद र शक्तिका लागि गरेको लडाईंप्रति कटाक्ष गरे ।

दलहरुले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा राखेको आरोप लगाउँदै उनले महिलालाई सभामुख नबनाएर उपसभामुखमा सीमित गर्न खोजेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार