Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

सुर्खेतमा गाडी दुर्घटना, चार जनाको मृत्यु


सुर्खेतमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएको छन् ।

आइतबार बिहान गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा १ प्र १०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर ११ झुप्राखोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो ।

उक्त गाडी अनियन्त्रित भई सडकबाट ८० मिटरजति तल खस्दा चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ निवासी २७ वर्षीय सागर शाही, दैलेखका डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का वर्ष ३६ काराजेन्द्र बीसीको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार