
राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसारको अवशरमा शुभकामना व्यक्त गरिकी छन् । उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी हुन ।
सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिंदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।