
सुदूरपश्चिम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ भने मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।