Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

आईपीओ निष्कासन गर्ने तयारीमा आदर्श लघुवित्त


बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। सो लघुवित्त ६० हजार कित्ता सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सेयर निष्कासनका लागि असोज २० गते नै बोर्डमा आवेदन दिएको छ। लघुवित्तको गत असार ३१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ। बोर्डबाट अनुमति पाएसँगै लघुवित्तले सेयर निष्कासन प्रक्रिया सुरु गर्ने संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार