नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी , स्वतन्त्र विद्यार्थी यूनियन स्ववियूले चुनाव लक्षित कार्यविभाजन गरेको छ।
पदाधिकारी बैठकले बिना गठबन्धन स्ववियू चुनाव लड्ने निर्णय गर्दै कार्यविभाजन गरेको हो । आगामी ५ चैत निर्वाचन हुदै छ ,जसका लागि सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि प्रदेश ईन्चार्जहरु उपाध्यक्षहरुबाट पठाउने कि सचिवहरुबाट पठाउने भन्नेमा विवाद चलेको थियो ।
बैठकले तयार पारेको परिपत्र अनुसार , प्रदेश १ ,मधेस प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश ईन्चार्जमा क्रमश, खगेन्द्र सुवेदी , अनिल भगत, कृष्ण न्यौपाने, नरेन्द्र बयाडी, सूर्य घर्ती मगर, त्रिसणा हमाल र भिम भट्ट तोकिएका छन् ।





