आज बालुवाटारमा भएको एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा राष्ट्रपतिका विषयमा छलफल भएको छ ।
बिहीबार दिउँसो भएको छलफलमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमाले अध्यक्षले ओली प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा भएको सहमतिअनुसार एमालेले राष्ट्रपतिको उमेदवार उठाउने र त्यसैमा सहमति हुने दाबी गर्दै आएका छन् ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा सर्वसहमति हुनुपर्ने बताउँदै आएका छन् ।