Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

सुन र चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?


नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९१ हजार ४०० कायम भएको छ। छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासंघले सार्वजनिक गरेको मूल्यअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ९०० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २३५ रुपैयाँ पुगेको छ। चाँदी सोमबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मंगलबार सुनचाँदीको कारोबार बन्द थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार