
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग पे्रम आचार्यको आत्महत्या प्रकरणलाई लिएर प्रहरीले प्रारम्भिक बयान सुरु गरेको छ ।
आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गर्नेक्रममा गुरुङसँग काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार प्रारम्भिक बयान लिएको हो। बयान दिन गुरुङ परिसर पुगेका थिए।
आचार्यले गत साता नयाँ बानेश्वरस्थित संसद भवन बाहिर आत्मदाह गरेका थिए। उनको उपचारका क्रममा भोलिपल्ट बिहान मृत्यु भएको थियो ।