Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

भ्रष्टाचार सूचकांकमा नेपाल ११०औँ स्थानमा


 नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११०औँ स्थानमा रहेको छ ।

विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई)–२०२२ सार्वजनिक गरेको छ । जसमा नेपाललाई १०० मा ३४ अंक दिएर ११०औं स्थानमा राखेको छ । यस वर्ष सूचकांकमा  डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देशमा पर्दा सोमालिया १२ अंक प्राप्त गरी १८०औँ स्थानमा रहेर सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ ।

भारत ४० अंकसहित भ्रष्टाचार हुने मुलुकको ८५औँ स्थानमा रहँदा चीन ४५ अंक प्राप्त गरी ६५औँ स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
विचार