राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले नपाए सरकारबाट बाहिरीने बताएको छ ।
रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेका थिए तर रवि प्रति प्रधानमन्त्री सकारात्मक नभएको पाइएको छ ।
रास्वपा स्रोतका अनुसार सभापति लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने चेतावनी दिएका थिए ।