Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

श्रीमानको हत्या गरेर शव शौचालायमा पुरियो, पाँच वर्षपछि छोरा र श्रीमती पक्राउ


भेरी नगरपालिका- ६ की भद्रकला कामीले लाठी प्रहार गरेर  आफ्नै श्रीमान काले कामीलाई हत्य गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ ।

३० पुस २०७४ मा  सिस्नेकी भद्रकला कामीले लाठ्ठी प्रहार गर्दा उनका श्रीमान ४७ वर्षीया काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयमा पुरिदिएको प्रहरील जनाएको छ । जाजरकोट प्रहरीले  अनुसन्धान बढाउँदा काले कामीको शव शौचालयमा पुरिएको अवस्थामा भेट्टाएको जाजकोटका डिएसपी सन्तोष निरौलाले बताए ।

उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा काले कामीको शव भेटिएको थियो  । काले कामीको पुरै दाँतसहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्ट भित्र मानव कङ्गाल हड्डीहरू फेला परेको छ ।

 भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार