
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले व्यक्तिलाई कुनै पनि दल दर्ता खारेजीको अधिकार नभएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुन बमोजिम टुंगो लगाउने भन्दै उनले यस्तो बताएका हुन् । रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सोही सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘राजनीतिक दल दर्ता खारेजीको विषय छ, त्यसलाई कानुन बमोजिम टुंग्याउनुपर्दछ ।’