भारतीय तरकारीको आयातले गर्दा स्वदेशी तरकारीले उचित बजार र मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमै फालेर आन्दोलन गरेका छन् । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर आन्दोलन गरेका हुन् ।
उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरेका छन् ।











