Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

१६ वर्षीया किशोरीलाई बलि दिनको लागि दिल्ली पु¥याइयो


काठमाडौंमा बन्धक बनाएर दिल्लीमा बलि दिन पुर्‍याइयो, १६ वर्षीया किशोरीलाई प्रहरीले गर्‍यो उद्धार गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारत पुर्‍याइएकी किशोरीलाई उद्धार गरिएको हो।

किशोरी गत मंसिर १७ गते मामाघरबाट सम्पर्कविहीन भएकी थिइन् । उनी सम्पर्कविहीन भएपछि उनका आफन्तले पुस ६ गते प्रहरीमा सूचना दिएका थिए ।

कम्तीमा ५ फिट ४ इन्चमाथि उचाइ भएको, शरीरमा कुनै प्रकारको दाग वा ट्याटु र कुनै अंगमा चोट नभएको, रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त किशोरीलाई भेट्टाएर प्रलोभनमा पारी भारत पुर्‍याइएको ब्युरोले जनाएको छ। किशोरीलाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुशी भएमा अथाहा पैसा पाउने भनी प्रलोभनमा पारिएको पनि खुलेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार