Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

वाट्सएपमा ‘नेपाली केटी’, लिंक आतंक – बैंक खाताबाट लाखौँ रुपैयाँ गायब


‘नेपाली केटी’ भन्ने एप्लिकेसन डाउनलोड गर्दा बैंक खाताबाट लाखौँ रुपैयाँ गायब भएको छ ।

ठगि गिरोहले ‘नेपाली केटी’ भन्ने एप्लिकेसन बनाएर वाट्सअपमा लिंक पठाउने र डाउनलोड गर्न लोभ्याउने गरेको प्रहरीको दाबी छ । ललितपुर प्रहरी परिसरले सफ्टवेयरसहित ८ जनालाई पक्राउ गरेको छ । यसअघि साइबर ब्यूरोमा ८ जना र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १२ जनाले उजुरी गरेपनि गिरोह पक्राउ पर्न सकेको थिएन । ब्यूरोमा २६ लाख रुपैयाँ र काठमाडौं अपराध अनुसन्धान कार्यालयमा २० लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार