राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक बस्दै छ । बैठक पछि लामिछानेले पत्रकार सम्मेलन हुने पनि बताएका छन् ।





