
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल केही दिन नसक्ने बताएका छन् ।
स्रोतका अनुसार आइतवार बालुवाटारमा भएको भेटबार्तामा यस्तो बताइएको पाइएको हो । गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका रविलाइ प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएका बालुवाटार निकट स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी नै रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका स्रोतको दावी छ ।