Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

सामलिङ पावरको आईपीओ खुल्यो, कति कित्ताका लागि दिने आवेदन ?


सामलिङ्ग पावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० कित्ता सेयर बिक्री खुलाएको हो ।

कुल आईपीओमध्ये १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई र ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आधारमा लगानीकर्ताले जम्मा १० कित्ताका लागि मात्र आवेदन दिए पर्याप्त हुने देखिन्छ ।

पछिल्लो समय आइपीओ भर्नेहरुको संख्यालाई आधार मान्ने हो भने सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ । कम्पनीको सेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार