Logo
२ भाद्र २०८३, मंगलवार
|  Tue Aug 18 2026

ओलीको प्रचण्डलाई सुझाव ,सुनको बाला देखाएर झम्टिएर मार्ने नियती कांग्रसको हो


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको हालत सुनको बाला देखाउने बुढो बाघ जस्तै भएको टिप्पणी गरेका छन् ।

आइतबार संसदमा विशेष समय लिएर बोल्दै ओलीले कांग्रेसले राष्ट्रपति, सभामुख जस्ता पदमा खिचलो गर्न खोजेको आरोप लगाए । कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई सरकारमाथिको विश्वास भन्न नसकिने उनले बताए । उनले बुढो बाघको कथा सुनाए । उनको कथा यस्तो छ, एउटा बाघ बुढो भएछ । यसले एउटा महिलालाई झम्टिएर मारेछ । उनले सुनको बाटा लगाएको रहेछ । त्यो बाला त बच्यो । बाघ बाहिर हिड्न छोडेपछि गुफाबाट बाला देखाउँदो रहेछ, ए नानी यो बाला लैजाउ न । मलाई काम छैन, तिमीलाई कति सुहाउँछ हेर त भन्दो रहेछ । कोही नजिक गएर फ्याकिदिनुस् भन्यो भने हातैबाट दिन मन छ बा भन्छ । नजिकै गयो भने यताबाट झ्याप्प पार्छ ।

एमाले अध्यक्ष ओलीले हाँस्दै अघि भने, ‘साथीहरु बाला देखाइरहनु भएको छ ।’


प्रतिक्रिया दिनुहोस !
विचार