Logo
१ भाद्र २०८३, सोमबार
|  Mon Aug 17 2026

रविको पक्षमा ओली , उजुरीकर्तालाई के मर्का पर्‍यो ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएका छन् ।

अदालतको  फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनले बताए । प्रतिनिधि सभाको आइतबार बैठकमा विशेष समय लिएर बोलेका ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए । उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताए । असम्बन्धित व्यक्तिले निवेदन दिएको उनको दाबी छ । संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने ओलीले बताए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार