
नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछानेले हिजो पत्रकार सम्मेलनमा बोलेको कुरामा पक्ष लिएका छन् । सामाजिक सञ्जालमा उनले कुनै पनि प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हुने बताएका हुन ।
उनले भनेका छन, रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’ ।