Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

डा.तोषिमा कार्कीको त्यो स्टाटसः चौथो ठूलो पार्टीको सरकारको चौथो अंगलाई यो सुझाव


राष्ट्रिय स्वतन्त्र पार्टीर्की सांसद डा. तोषिमा कार्कीले आफ्नो काममा पत्रकारहरुले भ्रामक समाचार लेखेकोमा आलोचना गर्दै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेकी छिन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको आलोचना गरेपछि सो पार्टीर्की सांसद तथा पूर्व स्वास्थ्य रक्षामन्त्री डा. कार्कीले पनि सञ्चारकर्मीहरुप्रति आलोचना गर्न थालेकी हुन् ।

एक अस्पतालको उद्घाटनमा दुइटा रिवन काटेको, आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्य सन्तोषलाई भेटेको लगाएतका समाचारहरुप्रति असमर्थ जनाउँदै उनले आलोचना गरेकी छन् ।

उनले लेखेकी छिन् “राज्यको चौथो ठूलो पार्टिले समाजको चौथो ठूलो अङ्गलाई सहि र सत्य–तथ्यपरक समाचार लेखि सुशासन कायम गर्ने अभियानमा हात बटाउनलाई दिईएको सुझाब हो ।”

उनले लेखेको स्टाटस यस्तो छ :

साँच्चै सहि छौँ र ?
“म“ “म“ भनौँ न सबैले !
उदाहरण प्रशस्तै छन् नि !
क्याथ ल्याब उद्घाटन भयो देशको सबै भन्दा पुरानो अस्पतालमा मुटुरोगको शल्यकृया भर्खर मत्र सुरु भयो्र अझ थप पुग नपुग सेवा बारे छलफल भयो भन्नु कन्टेन्टको सट्टा दुईटा रिबन काट्न तछाडमछाड भन्ने भ्रमबारे धेरै लेखिने पत्रकारिता !!
देशको अर्थतन्त्र र अभिभावकत्व देखि हरेस खाएर आत्मदाह गरेको नेपाली नागरीक अस्पतालको शैयामा अन्तिम श्वास लिदै गर्दा सरकारको एक अङ्ग अस्पतालमै पुगेर घटनाबारे सोध्दै बुझ्दै गर्दा, भेट्नुको आशय, मानवता, अभिभावकत्व र त्यहाँ लागेको सम्पूर्ण उपचार खर्च निशुल्क गराईदिएको कन्टेन्टको सट्टा बिरामीलाई हातले छोयो, कोहि भेट्न नगए पनि भयो तर यो चाहिँ भेट्न गएर स्टण्ट देखायो आदि भ्रामक समाचार लेख्ने, सुन्ने र बिक्ने पत्रकारिता !!
रिस होईन, आक्रोस होइन पुर्वाग्रह होइन

राज्यको चौथो ठूलो पार्टिले समाजको चौथो ठूलो अङ्गलाई सहि र सत्य–तथ्यपरक समाचार लेखि सुशासन कायम गर्ने अभियानमा हात बटाउनलाई दिईएको सुझाब हो ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार