Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । छापावाल सुन बुधबार ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज ३ सयले बढ्दै प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० कायम गरिएको छ, जुन बुधबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य बुधबारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार