Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

सत्तारुढ गठबन्धन टिकाइ राख्नु पर्ने प्रदिप ज्ञावलीको जोड


सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन् ।

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढन पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क छ । रफ्त सञ्चार क्लवले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतीलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरु दृढतापूर्वक उभिनुपर्ने पनि बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार