Logo
२८ असार २०८२, आईतवार
|  Sun Jul 13 2025

प्रदेश सांसद घिमिरे भन्छिन, ‘प्रदेशको औचित्य छैन’


राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद लक्ष्मी घिमिरेले प्रदेश संरचना र संघीयताको की औचित्य नभएको बताएकी छिन ।

सो पार्टीकी केन्द्रिय सदस्यसमेत रहेकी घिमिरेले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन, ‘हिजो पनि प्रदेशको काम छैन भन्ने नै लाग्थ्यो, आज म आफै प्रदेश सांसद भैसकेपछी झन प्रदेशको कुनै औचित्य छैन भन्ने कुरामा स्पष्ट हुँदै छु।’

सो पार्टीवाट बाग्मती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदले अगाडी लेखेकी छिन, ‘हामी हरेक पटकको बैठकमा संघियता खारेजीको माग गर्छौं। संघियता देश र जनताको लागि बोझ भैसकेको छ ।’



प्रतिक्रिया दिनुहोस !
विचार