Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

रास्वपालाई सरकारमा ल्याउन प्रयत्नशील छौं –रेखा शर्मा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रास्वपालाई सरकारमा ल्याउन प्रयत्न गरिरहेको बताएकी छिन ।

उनले मंगलबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन । साथै उनले बर्तमान सरकार संकटमा नरहेको पनि प्रष्ट पारेकी छन् ।
रास्वपाले सरकार छाडेपछि अबको कदमबारे गठबन्धनमा छलफल हुने उनको भनाई छ । उनले भने, ‘रास्वपाले सरकार छोडेर गएको छ । तर, समर्थन फिर्ता लिनुभएको छैन । त्यसैले सरकार संकटमा रहेको स्थिति देखिदैन । उहाँहरुले सरकार छाड्नु उहाँहरुको पार्टीको स्वतन्त्रताको कुरा हो । त्यस विषयमा गठबन्धन र सरकार सञ्चालन संयन्त्र छलफल गर्छौं ।

प्रधानमन्त्रीले हामी गठबन्धन जोगाउन र उहाँहरुलाई सरकारमा फिर्ता ल्याउन प्रयत्नशील छौं भनेर बोल्नुभएको छ ।’

 


प्रतिक्रिया दिनुहोस !
विचार