नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले नेपालको राजनीति विदेशी सक्तिको इसारी कहिले सम्म चलिराख्छ भनेर प्रश्न गरेका छन् । उनले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गरेका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको अर्थतन्त्र डाँवाडोल हुनेको कारण नै नेपालको दलाल पूँजीवादी सत्ता भएको बताए ।





