Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

सुदुरपश्रिम सरकारलाई नागरिक उन्मुक्तिबाट विश्वासको मत नदिइने


नागरिक उन्मुक्ति पार्टी नाउपाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ ।

रावलले आज बिहीबार विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको छ । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले यस्तो बताएकी हुन् ।

उनले भनेकी छिन् , ‘हाम्रो मागमुद्दा सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौं ।’

 


प्रतिक्रिया दिनुहोस !
विचार