Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

उच्चस्तरीय संयन्त्रको बैठकअघि प्रचण्ड र गगनको भेट


नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको बालुवाटारमा भेटबार्ता भएको छ ।

सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि प्रधानमन्त्री भेट्न थापा बालुवाटार पुगेका थिए ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अडान लिएपछि एमालेले शंका व्यक्त गरिरहेको छ । पुस १० को सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा प्रचण्डले अनिच्छा देखाउन थालेपछि गठबन्धन के हुने अन्यौल छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार