Logo
१ भाद्र २०८३, सोमबार
|  Mon Aug 17 2026

रास्वपालाई सरकारमा ल्याउछौ – प्रदिप ज्ञवली


नेकपा एमालेका नेता प्रदिव ज्ञवलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने बताएका छन् ।

उनले पार्टीको सचिवालय बैठकपछि रास्वपालाई सरकारमा ल्याउन कोसिस जारी रहेको बताएका हुन् । “रास्वपाले सरकार छाडेको विषयको समीक्षा हुँदै जाला । केही प्रक्रियागत त्रुटिका कारणले समस्या उत्पन्न भएको देखिन्छ,” उनले भने, “पुस १० गते नयाँ कोर्स निर्माण गर्दा जुन ढंगले शक्तिको बाँडफाँट गरेका थियौँ । त्यसअनुसार गृह स्वतन्त्र पार्टीलाई दिइनुपर्थ्यो । सरकारमा होल्ड गरिरहनुपर्थ्यो । त्यसमा असमझदारी देखियो । सरकारलाई दिएको विश्वास कायमै छ । हाम्रो तर्फबाट विश्वास कामयै राखेर सरकारमा फर्काउने कोसिस जारी छ ।  जसपा र नागरिक उन्मुक्तिलाई पनि सरकारमा ल्याउने क्रम जारी छ ।”


प्रतिक्रिया दिनुहोस !
विचार