Logo
१ भाद्र २०८३, सोमबार
|  Mon Aug 17 2026

बालुवाटारमा राजनीतिक संयन्त्रको बैठक जारी


सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा जारी बैठकमा भावी राष्ट्रपति, गठबन्धनभित्र देखिएको अविश्वाससहितका विषयमा छलफल भइरहेको छ ।  आगामी २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उठाउने उम्मेदवारका विषयमा विशेष रुपमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।  बिहीबार नै संयन्त्रको बैठक बस्ने भनिएको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । जसकारण शुक्रबार बिहानका लागि संयन्त्रको बैठक सारिएको हो ।

जारी बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयदेखि प्रादेशिक राजनीतिक समीकरणका विषयमा पनि छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार