सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको पुनर्संरचना गर्न आवश्यक रहेको बताएकी छन् ।
आइतबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले परम्परागत संरचनालाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेकामा जोड दिइन् ।
समयसापेक्ष सूचना प्रविधि र संघीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको उनले उल्लेख गरिन् ।





