Logo
१४ असार २०८३, आईतवार
|  Sun Jun 28 2026

सांसद चन्द्र भण्डारी र आमाको अवस्था जटिल, तत्काल विदेश लैजान अस्पतालको सिफारिस


खाना पकाउँने ग्याँस सिलिण्डर विष्फोट भई गम्भिर घाइते भएका प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भिर रहेको भन्दै किर्तिपुर अस्पतालले तत्काल विदेशको सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको छ ।

सांसद भण्डारीको करिब २५ देखि ३० प्रतिशत भाग जलेको र उनकी आमाको ७० प्रतिशत भागमा क्षती पुगेको बताउँदै अस्पतालले तत्काल विदेश लैजान सिफारिस गरेको हो । बिहिबार राती बुद्धनगरस्थित निवासमा खाना पकाउँने ग्याँस सिलिण्डर विष्फोट भई सांसद भण्डारी र उनकी आमा घाइते भएका थिए । घाइतेहरुलाई शुरुमा सिभिल अस्पताल र त्यसपछि हुँदै किर्तिपुर लगिएको थियो ।

अस्पतालले जारी गरेको विज्ञप्तीमा घाइतेहरु दुबैको श्वासनलीमा नै क्षती पुगेको हुन सक्ने जनाइएको छ । कांग्रेस सांसद भण्डारी गुल्मीबाट निर्वाचित सांसद हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार