Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

सांसद चन्द्र भण्डारीकी आमाको निधन


खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारकी ८९ वर्षीया आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचारका क्रममा बिहीबार बिहान १०ः५७ बजे उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

बुधबार राति ग्यास सिलिन्डर बिस्फोटबाट उनको ७० प्रतिशत शरीरको भाग जलेको थियो । सोही घटनामा घाइते भएका सांसद भण्डारीको भने उपचार भइरहेको छ ।

तर, उपचाररत अस्पतालले उनलाई सृुविधा सम्पन्न अस्पताल लैजान भनेको छ । सांसद भण्डारीको २५ देखि ३० प्रतिशत शरीर जलेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार