Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

अनेरास्ववियु केन्द्रिय सदस्यमा जलशा वुढा निर्बिरोध निर्बाचित


अनेरास्ववियुको २३ औं राष्टिय महाधिवेशनको आज तेस्रो दिन नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

बिहान ८ बजेबाट प्रज्ञाप्रतिष्ठानको हलमा जारी मतदानमा महाधिबेशनमा सहभागी एक हजार ६ सय भन्दा बढी प्रतिनिधिहरुले भाग लिइरहेका छन । हिजो बुधबार राती ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिए अनुसार १ सय ९९ पदका लागि सयौं अखिलका नेताहरुले उम्मेदवारी दर्ता गरेका थिए । जस मध्येकी एक हुन जलशा कुमारी वुढा । अखिल नेतृ वुढाले एकता प्रक्रिया (समायोजन) कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन । उनको कोटामा अन्य कुनै प्रतिष्पर्धीको उम्मेदवारी नपरेकोले निर्वाचन कमिटीले हिजो राती नै निर्विरोध निर्वाचित भनेर घोषणा गरेको छ ।

जलशा अखिल क्रान्तीकारीको केन्द्रीयमा कार्यरत रहकै बेला गत बैशाखमा एमालेमा समाहित भएकी थिइन । उनी कालीकोट जिल्लाको पलाता गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बन्दै  झिनो मतले पराजित भएकी थिइन ।

जलपरिका रुपमा समेत चिनिदै आएकी उनी एक निडर, हक्की र उच्च मनोवल भएकी  नेतृका रुपमा चिनिन्छिन् ।

अनेरास्ववियुको जारी महाधिवेशनमा एक अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जना उम्मेदवार बनेका छन् । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन प्रतिस्पर्धामा छन ।
त्यस्तै चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन् । यस्तै महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् ।
सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन् । यस्तै कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल उम्मेदवार रहेका छन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार