Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

बास्कोटाको टिप्पणीः ”रंग फेर्ने प्रतियोगितामा छेपारोले प्रचण्डसँग हार्छ’


नेकपा एमालेका नेता गोकुल बास्कोटाले रंग फेर्ने प्रतियोगितामा छेपारोले पुष्पकमल दाहाल प्रचण्डसँग हार्ने टिप्पणी गरेका छन् ।

एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि एमाले नेता बास्कोटाले सो टिप्पणी गरेका हुन् ।

‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ,’ बास्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।’

एमालेसँग १० पुसमा भएको सहमति तोडेर अघि बढेका प्रचण्डप्रति आक्रोशित बाँस्कोटाले एमालेले अब आफनै लयमा हिडनु पर्ने पनि बताएका छन् । ‘एमाले  आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार