Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

एमाले सरकारबाट नबाहिरिने


नेकपा एमाले सरकारबाट नबाहिरिने भएको छ ।
सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिने अनुमान गरिएपनि एमाले तत्काल सरकारमै रहने भएको हो ।
पुस १० को सहमति अनुसार आफ्नो पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवारका रुपमा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङलाई अघि सार्ने निर्णय गरेको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमाले तत्काल सरकारबाट नबाहिरिने बताउँदै उनले कांग्रेस बाहेकका दलहरुलाई आफ्नो पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार रहेका सुवास चन्द्र नेम्वाङलाई समर्थन गर्न पत्राचार गर्ने समेत बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार