Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता, प्रस्तावकमा ओली


नेकपा एमालेको तर्फबाट राष्ट्रपतिमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई उम्मेदवारी दर्ता गराउने निर्णय गरेसँगै एमाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर उम्मेदवारी दर्ता गराएको हुन् ।

नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार